डा. गोविन्दशरण उपाध्याय ।
हालै अमेरिकाले नेपालमा धार्मिक सहिष्णुता सम्बन्धि प्रतिवेदन जारी गर्दै नेपालमा हिन्दूहरूले अन्य धार्मिक समुदायलाई दबाएको र त्यसमा भारतले सहयोग गरिरहेको भनेर आरोप लगाएको छ । आफ्नो प्रतिवेदनलाई पुष्टि गर्नका लागि जुन व्यक्ति वा समुदायहरूको सहयोग लिइएको छ ती सबैजसो नेपालमा घृणावादको खेती गर्न, जातीय, क्षेत्रीय, भाषिक तथा विखण्डनवादको खेती गर्न कुख्यात छन् । हिन्दूहरूलाई एकोहोरो गालीगलौज गर्ने मङ्गोल ओर्गनाईजेसनलाई प्रमाणिक स्रोतका रूपमा उल्लेख गर्नु कतिसम्म हास्यास्पद रिपोर्ट छ ?
सत्य हो कि अमेरिकाको जतिसुकै आलोचना गरे पनि मान्छेहरू अमेरिका जान तँछाड मछाड गर्छन् तर यसको अर्थ अमेरिकीहरूको बलमिचाई विरुद्ध बोल्नुनै हुन्न भन्ने हुँदैन । सत्य के हो भने अमेरिका होस् वा वेलायत वा भारत सबैले आफ्नो स्वार्थ साँध्न नेपाललाई आफ्नो गोटी बनाएका छन् । ८१.१% हिन्दु जनसंख्या भएको देशमा हिन्दुहरू विरुद्ध प्रतिवेदन दिने अमेरिका भने स–सानो अपराधमा टाउको गिड्ने साउदीजस्ता मुस्लिम देश विरुद्ध कुनै प्रतिवेदन लेख्दैन । अतः सबैले मान्नुपर्छ कि यो रिपोर्ट वा प्रतिवेदन दुर्नियति र नेपालको मौलिकता समाप्त पार्नका लागि सहयोग पुगोस् भनेर प्रस्तुत गरिएको हो ।
अमेरिकाले युरोपियन युनियन, अस्ट्रेलिया र अमेरिकीहरूले धर्मपरिवर्तन गराउन इसाईहरूलाई विभिन्न एनजिओ/आइएन्जिओका माध्यमबाट पैसाको खोलो बगाएको तत्थ्य पनि आफ्नो रिपोर्टमा उल्लेख गर्नु पर्थ्यो, भाजपाले कुन व्यक्ति वा पार्टीलाई पैसा दिंदैछ तोकेर लेख्न सक्नुपर्छ ।
डेमिक्रेसीका नाममा अमेरिकी र अमेरिकी लबीहरूले विश्वभरी आतंक मच्चाएका छन् डेमोक्रेसीको ठेकेदार बनेर । सबैलाई थाहा छ अमेरिकाले भन्ने डेमिक्रेसी अमेरिकीहरूको जूठो खाने, जुत्ताको तलुवा चाट्नेहरूबाट निर्मित हुन्छ । अमेरिकी मोडेलको डेमोक्रेसीमा अमेरिका विरुद्ध बोल्ने, लेख्ने र अमेरिकी अतिवाद विरुद्ध विचार व्यक्त गर्ने छूट हुँदैन ।
अमेरिकाले आफ्नो देशमा प्रजातन्त्रको अभ्यास गर्छ तर अन्य देशमा भने आफ्नो स्वार्थका लागि प्रजातन्त्रको हत्या गरेको पनि अनेकौं उदहारण छन् । गरिव नेपाली संग एप्लिकेशन दिंदामात्र २३ हजार असुल्ने अमेरिकाको प्रतिवेदन बकवास र पूर्वाग्रहको पुलिन्दा बहेको केही होइन ।
पछिल्लोसमयमा नेपाली हिन्दू, जैन, बौद्ध तथा अन्य रैथाने जातिहरूमा स्वधर्म, संस्कृति तथा रिथिथितिको रक्षाका सवालमा आएको जागरणबाट अमेरिकी लवी त्रसित भएको छ । यो लवीबाट परम्परागत नेपाली इसाईहरू पनि आजित भएका छन् । धर्मपरिवर्तन गरेर नव–इसाई बनेकाहरूमा देशको माया पटक्कै हुँदैन–एकजना नेपाली क्याथोलिक इसाईले मसंग प्रष्ट भनेका थिए तर संगै रहेका पास्चरले भने यसको प्रतिवाद गर्दै भने ‘हाम्रो देश होइन धर्म र त्यससंग जोडिएको सहयोग सबैभन्दा प्यारो हुन्छ । आजको मितिमा संसद होस् वा सडक जताततै हिन्दूहरूमा जागरण आएको छ । यस्तो जागरणलाई देखेर अमेरिकी खेमा र अमेरिकी खेमाको लागि काम गर्ने तथाकथित प्रगतिशील र समाजवादीहरू पनि आतंकित भएका छन् । गगन थापा र रघुजी पन्तका भाषणमा संसदमै यो छताछुल्ल भएको छ ।
प्रजातन्त्र वा लोकतन्त्रहरू असफल हुनुमा अमेरिकीहरूको बढी हात हुन्छ भन्ने तत्थ्य डार्क साइट अफ डेमिक्रेसी नामक पुस्तकमा विस्तारसंग लेखिएको छ । सत्य के हो भने इसाईहरूको काँधमा चढेर अमेरिकीहरू आफ्नो स्वार्थपूर्ति गर्छन् । नेपालमा अमेरिकीहरूले इसाईहरूलाई आफ्नो घोडा बनाएका छन् । हिन्दू धर्म, संस्कृति तथा सभ्यताउपर प्रहार गरेर नेपालीलाई कमजोर बनाउन सकिन्छ भन्ने तत्थ्य उनीहरूलाई राम्ररी थाहा छ । त्यही कडीमा नेपालको नालायक सरकारले जनगणनाबाट प्राप्त धर्म सम्बन्धि तत्थ्यांकहरू लुकाएको बुझ्नुपर्छ ।
के नेपालका हिन्दूवादीहरू आफ्नो पहिचानको रक्षाको लागि बोल्नै नहुने हो ? यो फोटोले अमेरिकीहरूको असली चेहरा प्रष्ट पार्दैन र ?

प्रतिक्रिया