चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको आफूहरुले स्वागत गर्ने बताएका हुन् । किर्बीले आफूहरुले यो युद्ध अन्त्य होस् भन्ने चाहेको बताए ।
यदि रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाएमा यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले बताए । युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको बिषयले दिगो वा विश्वसनीय सार्थकता नपाउने उनले बताए ।

प्रतिक्रिया