दोलखा । दोलखावाट राप्रपाको प्रतिनिधित्व गर्दै मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार विजय खड्काले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचनलाई कम खर्चिलो र तडकभडकबिहीन वनाउनु पर्छ भन्ने मान्यता राख्ने खड्काले जम्मा तीनलाख चालीस हजार रुपैयाँ निर्वाचन खर्चमा मितव्ययिता अपनाएका छन् । उनले निर्वाचन कार्यालयमा वुझाएको विवरणमा सवारी साधनमा दुईलाख चालीस हजार, खाना खाजामा चालीस हजार तथा प्रचार सामग्रीमा पचास हजार खर्च गरेका छन्।


प्रतिक्रिया