भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको अध्यक्ष ओलीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएकाले आफू अहिले निवासमै आराम गरिरहेको बताएका छन् ।