काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्याय पुण्य–तिलस्मी–सरह दर्शन साहित्य पुरस्कारबाट सम्मानित भएका छन् ।
उपाध्यायलाई दर्शनशास्त्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । नेपालका प्रसिद्ध साहित्यकार, अन्वेषक तथा लेखक वसन्त कुमार शर्म्माको स्मृतिमा हरेक वर्ष आजकै दिन आयोजित हुने यो कार्यक्रम नेपालीका आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण गर्दै प्रभातफेरी सहित मोडेल कलेज आएको थियो ।
कार्यक्रममा विभिन्न विधाका १३ जना साहित्यकार, लेखक विद्वानहरू विभिन्न सम्मानबाट सम्मानित भएका थिए भने विभिन्न लेखकका ९ बाट कृतिहरू लोकार्पण गरिएका थिए । सम्मान कार्यत्रम प्रसिद्ध लेखक तथा साहित्यकार विजय चालिसेको प्रमुख आतिथ्य तथा प्रा. भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरूमा प्रसिद्ध भाषाविद प्राध्यापक माधवप्रसाद पोखरेल तथा वेदविद् श्रीराम अधिकारीलगायत छन् ।


प्रतिक्रिया