ट्युनिसियाको दक्षिणपूर्वी तटमा एउटा डुङ्गा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएका छन् । सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुङ्गा स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले बताए ।
अहिलेसम्म १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताए । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो । ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको वावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।

प्रतिक्रिया