महोत्तरीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु


महोत्तरी । मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबासस्थित पुर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा गौशाला नगरपालिका वस्ने ३० वर्षीय मनिष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरित दिशावाट आएको प्र.२ ०४–००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । ठक्कर दिने गाडी चालक सर्लाही हरिवनका निरज लामालाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।