उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु


उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।