धनुषामा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु


धनुषा । धनुषामा आपसमा ट्रक ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।

ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक आपसमा ठोक्किएका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।