बुटवल । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट विना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
यसबारेमा थप छलफल भइरहेको उनले बताए। पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गरेकी थिइन्। मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएकी थिइन्।
तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन। आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका मुख्यमन्त्री गिरीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारीमा थिए ।

प्रतिक्रिया