युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात फ्रान्स पुगेका हुन् ।
संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात पेरिस पुगेका युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति जेलिन्स्किीले फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन् ।
त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा त्रिपक्षीय वार्ता भएको थियो । त्यसैगरी उनीहरु तीनैजना रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ ।
त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया