शेयर बजारमा झिनो अंकको बृद्धि


काठमाडौं । साताको पहिलो दिन शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आइतबार नेप्से एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आइतबार माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।