काठमाडौं । शेयर बजार नेप्सेमा उच्च अङ्कको गिरावट भएको छ । बिहीबार नेप्से ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।
बिहीबार सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया