सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारमा भएको भेटमा दुई नेताबीच सरकारलाई समर्थन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गरेपछि दुवै नेताबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने÷नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । पार्टीमा छलफल जारी नै रहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।