शनिबार कांग्रेस संसदीय दलको बैठक बस्ने


काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक सारेको छ। पुस २२ का लागि केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले उक्त दिन केन्द्रीय समिति बैठक नगर्ने भएको हो।   कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब पुस २८ गते केन्द्रीय समिति बैठक बस्नेछ।

पुस २८ गते दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए।  चुनावी समीक्षा र भावी रणनीति तय गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

साथै कांग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ। पुस २३ गते संसदीय दलको बैठक बस्नेछ। पुस २५ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सुरू हुँदैछन्।