काठमाडौं । राप्रपाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठक यस्तो निर्णय गरेको हो ।
पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ। काठमाडौंको साथै सबै जिल्लामा पृथ्वी जयन्ती भव्यताका साथ मनाईने भएको छ।

प्रतिक्रिया