काठमाडौं । शेयर बजार नेप्से सोमबार पनि बढेको छ । सोमबार नेप्से १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।
सोमबार उत्पादन, म्युचल फन्ड, र अन्यबाहेक अरू सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेको दिन दुई सय ५३ वटा कम्पनीको ८२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त, खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि एनएमबी ५० म्युचल फन्डको शेयर सबैभन्दा धेरै चार दशमलव ८० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया