एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी चयन


बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेता चयन गरेको हो ।गिरी रुपन्देही क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।  दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्।