एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया निर्विरोध


हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जेएन थपलिया निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा थपलिया संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् । बागमतीमा नेकपा एमालेको २७ जना प्रदेशसभा सदस्य रहेका छन् । थपलियाका विरुद्ध अन्य कसैको पनि उम्मेदवारी परेको थिएन ।

डोरमणि पौडेल मुख्यमन्त्री रहेका बेला उनको राजनीतिक सल्लाहकारको रुपमा काम गरेका थपलिया दलको नेतामा निर्वाचित भएका हुन् । यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका थिए ।