गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । भोजराज अर्याललाई हराउँदै पाणडे विजयी भएका हुन् ।
पाण्डेले १८ मत प्राप्त गरेका छन् भने अर्यालले ८ मत प्राप्त गरेका छन् । सर्वसम्मत नेता चयनमा सहमति नजुटेपछि बुधबार मतदान गरिएको थियो । गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।

प्रतिक्रिया