काठमाडौं । करिव तीन वर्षपछि रसुवागढी नाका हुँदै नेपाली बस्तु चीन निर्यात सुरु भएको छ । नेपालबाट मंगलबार गएका ६ वटा कार्गो ट्रक बन्दरगाह हुँदै बुधबार केरुङ पुगेका छन् ।
केरुङमा चिनियाँ पक्षले कार्यक्रम गरी स्वागत गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले भनेको छ, ‘केरुङ/रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको छ ।नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्। नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन !’
२०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात भएको थिएन। सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो । भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको थिएन ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ ।
२०७६ साउनअघिसम्म दाल, घ्यू, चाउचाउ, बिष्कुट, चिउरालगायत सामग्री निर्यात भइरहेको थियो। प्रतिमहिना करिब २५ वटा गाडीले खाद्य सामग्री निर्यात गर्दै आएका थिए।




प्रतिक्रिया