कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस २२ मा बस्ने


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन तथा समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

सत्ता गठबन्धनमा फुट आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । गठबन्धन जोगाउन नसक्नुमा पार्टी सभापति शेरबहादुर देउवा दोषी रहेको भन्दै केन्द्रीय सदस्यहरुले बैठकमा विशेष महाधिवेशनको माग गर्ने तयारी गरेका छन् ।