काठमाडौं । नवनियुक्त तीन उपप्रधानमन्त्री र चार मन्त्रीले शपथ लिएका छन् । सोमाबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
यसैगरी विना विभागीय मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खानले शपथ लिएका छन् ।

प्रतिक्रिया