सरकारलाई हाम्रो समर्थन मात्रै रहन्छ, सरकारमा जाँदैनौं : अध्यक्ष लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाने भएको छ । सोमबार नयाँ गठबन्धनको बैठकमा सहभागी हुन जाने क्रममा संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा आफ्नो पार्टी नजाने जानकारी दिएका हुन् ।

उनले भने, ‘सरकारलाई हामी समर्थन मात्रै गर्छौ, अहिले हामी सरकारमा जादैनौँ ।’