राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो ?


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानप्रति दिल–दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध व्यक्ति मात्रै राष्ट्रपति बन्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत उपसभापति खड्काले राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘ राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भिर बनायाे ? मेरो प्रष्ट धारणा छ;–राष्ट्रपति– देश,जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल–दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ । यो कुरामा नेपाली काँग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन ।’