इयुका नेताहरूद्वारा रुसविरुद्ध नवौं प्रतिबन्धको प्याकेज अनुमोदन


युरोपेली नेताहरूले शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ ।

युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताइएको छ । उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरूबारे थप छलफल गरेका छन् ।

इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

युक्रेनलाई मद्दत गर्नको लागि १८–बिलियन–यूरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।

‘युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउँन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्वलाई जोड दिनेछ,’नेताहरूले सम्मेलनपछि बताएका छन् ।