काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । सोमबार विहान भारत फर्केपनि प्रभाकरल बिहीबार औपचारिकरुपमा राजीनामा दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ । क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो ।
तर उनले बिहीबार मात्रै दिएका हुन् । उनले भारत गएर राजीनामा दिने बताएका थिए । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हटेका हुन् ।
प्रभाकरको आगमनपछि राष्ट्रिय टोलीको नतिजा झनै खराब भएको छ । आइसिसी विश्वकप लिग–२ मा यसै साता उनले उतारेको प्लेइङ–११, ब्याटिङक्रम र खेलाडी छनोटलाई लिएर चर्को आलोचना भएको थियो । पुबुदु दासानायकेले छाडेपछि नेपालले गत साउनमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया