बारले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग निष्प्रभावी भएको पत्र लिएर सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि कानुन व्यवसायी आन्दोलित भएका छन् ।

महाभियोग प्रस्ताव संसद सचिवालयले निष्प्रभावी गर्न नमिल्ने भएकाले उनलाई स्वीकार्न नसकिने भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन संयुक्तरूपमा आन्दोलित बनेको हो । दुवै बारको संयुक्त आयोजनामा कानून व्यवासायीहरू सर्वोच्च अदालतको प्रवेशद्वारमा धर्नामा बसेका छन् ।

महाभियोग निष्क्रिय गर्ने अधिकार संसदमा मात्र रहेको तर्क बारको छ । बारले यसअघि पनि रााणविरुद्ध आन्दोलन गर्दै आएको थियो । संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग प्रस्ताव निष्प्रभावी भएको व्यहोराको पत्र बुधवार चोलेन्द्रलाई थमाएका थिए । पत्र पाएपछि राणा सर्वोच्च अदालत जाने तयारीमा छन् ।