समानुपातिकतर्फ ८६ लाख मत गन्दा कुन दलको कति ?


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आइतबार दिउँसो साढे दुई बजेसम्म कूल ८६ लाख १९ हजार २६७ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ ।

पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा एमालेले २३ लाख ७१ हजार ९६ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ७० हजार ७९४ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ९ लाख ८७ हजार ८०९ मत प्राप्त गरेको छ ।