हुम्ला । हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन् ।
लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भएका छन् । उनीहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ ।
यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियोे । हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया