सङ्खुवासभाबाट कांग्रेसका दीपक खड्का विजयी


सङ्खुवासभा । सङ्खुवासभाको एकमात्र प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् ।

उनी ५ हजार ४ सय ३९ मतले विजयी भए । कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र  प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गरे ।