पाल्पा । प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् ।
सारु १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाएका सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।
मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका छन् । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।

प्रतिक्रिया