नवलपरासी–२ मा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित


नवलपरासी । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् ।

प्रधानले ३४ हजार ९५९ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका उमेदवार देवेन्द्रराज कंडेलले १९ हजार ५९४ मत ल्याए । प्रधान र कंडेलबीच १९ हजार ५९५ मतान्तर रहेको छ ।