डोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी भएका छन् ।
बुढा ११ हजार दुई सय २५ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । बुढाले पाँच हजार सात सय २७ मतान्तरले नेकपा (एमाले)का गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले पाँच हजार चार सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका अंगद बुढाले छ सय ६१ मत प्राप्त गरेका थिए
। डोल्पामा कूल २२ हजार चार सय ४० मतमा १६ हजार आठ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया