सप्तरी-३ बाट कांग्रेसका दिनेश यादव विजयी


राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् ।

यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।