धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई पराजित गरेका हुन् । राईले ३० हजार १०१ मत ल्याए भने थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया