सिरहा । नेकपा एमालेले सिरहा ३(१)मा जितेको छ । सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् ।
प्रदेश सभा सदस्यमा निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् । जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

प्रतिक्रिया