दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनीहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।
उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् भने पोखरेल नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया