बुटवल । प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा विजयी भएका छन् ।
बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा ५ हजार २ सय ७४ मतान्तरले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।
थापाले ४१ हजार १ सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत पाएका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा गरी कुल ८८ हजार ९ सय ९८ मत खसेको थियो ।

प्रतिक्रिया