बुटवल । पाँच दलिय गठबन्नका उम्मेदवारलाई पछि पार्दै अर्घखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् ।
उनले कांग्रसकी पुष्पा भुषाललाई १७ सय ५० मतले पछि पारेर विजयी भएका हुन् । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको पनि समर्थन रहेको थियो । रायमाझीले कुल ४२,६२२ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार भुसालले ४०,८७२ मत प्राप्त गरेकी छिन् ।
रायमाझी यसअघि अर्घाखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी भएका थिए । विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी भएका छन् ।
यसअघि दुबै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । १(१) मा चेतनारायण आचार्य र १(२) मा रामजी प्रसाद घिमिरे विजयी भएका छन् ।

प्रतिक्रिया