कञ्चनपुर-३ मा काँग्रेसका रमेश लेखक १३ हजार भन्दाबढी मतान्तरले निर्वाचित


महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन्। लेखकले ३० हजार ५२३ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार निरुदेवी पालको १८ हजार चार ४४८ मत पाएकी छन् ।

लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् । यस क्षेत्रमा ३,६९९ मत बदर भएको छ।