रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती विजयी


रुकुम । रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का नेता पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । घर्ती १२ हजार ६६२ मत प्राप्त विजयी भए ।

लुम्बिनी प्रदेशका निवर्तमान सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए । माओवादीका घर्तीले एमालेका मल्लभन्दा ७ हजार ४५१ मत बढी प्राप्त गरेका छन् ।