गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको ह्याट्रिक


गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै तेस्रो पटक सांसद भएका छन् ।

बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।