उपेन्द्र यादव भन्दा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि


राजविराज । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गरेका छन् ।

राउतको छ हजार आठ सय आठ मत बढी छ । तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।