काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ९ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ अगाडि छन् । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनले दश हजार चार सय ९० मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले नौ हजार दुई सय ६५ मतले दोस्रो स्थानमा छन् भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी कल्पना धमलाले पाँच हजार छ सय ४२ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म ३७ हजार नौ सय ४९ मतगणना भएकामा एक हजार पाँच सय ९२ मत बदर भएको छ ।

प्रतिक्रिया