नवलपुर । नवलपरासी पूर्वको प्रतिनिधिसभा- १ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम राखेका छन् ।
कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गरेका छन् । साथै, नेकपा एमालेका कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गरेका छन् भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया