काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
मतदान विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म हुनेछ । आयोगले कसैको डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न मतदाताहरूलाई आग्रह गरेको छ ।
निर्वाचनमा एक जना मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रतिनिधिसभाका लागि २ वटा र प्रदेशसभाका लागि २ वटा मतपत्र हुनेछन् ।

प्रतिक्रिया