अफगानिस्तानमा सवारी दुर्घटनामा दुई चिकित्सकसहित १० जनाको मृत्यु


अफगानिस्तानमा भएको सवारी दुर्घटनामा परी दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार दुर्घटना भएको थियो ।

खामा प्रेसले दिएको जानकारीअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा दुर्घटना भएको थियो र दुर्घटनामा थप तीन जना घाइते भएका छन् । कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्काे एक दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । यहाँका सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।