भारतको गुजरातमा पुल भाँचिदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार मोर्बी सहरस्थित माचु नदीको पुल भाँचिएको हो । पुल भाँचिएपछि सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए । स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको
बताएका छन् । भारतीय संचारमाध्यमकाअनुसार उक्त पुल मर्मत गरी पुनः सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।
रातको समय भएकाले उद्दारमा कठिनाई भएको अधिकारीहरुले बताएका छन् । सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया