कांग्रेस नेता कोइराला अस्वस्थ


चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका कोइरालालाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् ।

उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी अस्वस्थ भएका हुन् । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए ।

चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए ।